टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए।
काठमाडौँ– दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको छ।
शनिबार भएको खेलमा जितका लागि पाएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
नेदरल्यान्ड्सका वेस्ली ब्यारेसी ८८ बलमा सर्वाधिक ६३ रनमा अविजित रहे। उनले ४ चौका ६ छक्का प्रहार गरे। कप्तान स्कट एडवार्ड ३४ बलमा २२ रन बनाउँदै आउट भए।
नेपालका गुलशन झा र ललित नारायण राजवंशीले समान २/२ तथा प्रतिश जिसीले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो।
नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए। उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। गुलशन झा ३२ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए। प्रतिश जिसीले १९ रन बनाए।
नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बिकले सर्वाधिक ५ विकेट लिए।
यसअघि नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
