लागूऔषध काराेबारीमाथि प्रहरीले चलायो गाेली, १ जना घाइते

लागूऔषध काराेबारीलाई पक्राउ गर्नेक्रममा प्रहरीलाई नै आक्रमण गर्न खाेजेपछि गाेली चलाएकाे लागूऔषध नियन्त्रण ब्युराे स्राेतले जनाएकाे छ।

तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– काठमाडौँकाे सिनामंगलमा लागूऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

लागूऔषध काराेबारीलाई पक्राउ गर्ने क्रममा आक्रमण गर्न खाेजेपछि गाेली चलाएकाे लागूऔषध नियन्त्रण ब्युराे स्राेतले जनाएकाे छ।

“लागूऔषध काराेबारकाे आशंकामा पक्राउ गर्न खाेज्दा प्रहरीकाे हतियार खाेस्ने प्रयास गरेपछि गाेली चलाइएकाे हाे। खुट्टामा गाेली लागेका उनलाई उपचारका लागि केएमसी अस्पताल लगिएकाे छ,” ब्युराे स्राेतले भन्याे।

उनकाे साथबाट प्रहरीले केही परिमाणमा लागूऔषधसमेत नियन्त्रणमा लिएको छ। प्रत्यक्षदर्शीका अनुसार ती कारोबारी प्रहरीलाई छल्ने क्रममा सिनामंगलस्थित एक क्याफेमा पुगेका थिए। सादा पोसाकका प्रहरी उनलाई पिछा गर्दै त्यहीँ पुगेका थिए।

“सोहीक्रममा उनी प्रहरीलाई देखेपछि भाग्न खोजे। प्रहरीले उनलाई समात्यो। कारोबारीले प्रहरीको हातबाट बन्दुक खोस्न खोजे। त्यसपछि प्रहरीले गोली चलाएको थियो,” एक प्रत्यक्षदर्शीले भने।