अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रको समुद्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातिका हजारौँ माछा मरेको बिचफ्रन्ट पार्कका अधिकारीहरूले बताएका छन्।
अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रको समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातिका हजारौँ माछा मरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहाननजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछा फेला परेको गल्फ कोस्टमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरूले बताएका छन्।
शुक्रबारदेखि तटीय क्षेत्रको पानीमा सयौँ मरेका माछा तैरिरहेको तस्वीर सार्वजनिक गरेका निकुञ्जका अधिकारीहरूले सतही पानी र सूर्यको प्रकाशको कमीका कारण अक्सिजनको मात्रा घटेकोले माछा मरेको बताएका छन्। सफाइको प्रयास जारी रहे पनि पानी कम हुँदा अक्सिजनको अभाव भएको र यहाँ अझै हजारौँ माछाहरू मर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरूमा समुद्र तटको किनारमा साना माछाको थुप्रो देखाएको छ। पार्कका प्रवक्ता लेरिन जोनसनले घटनाको पार्क र वाइल्डलाइफको किल्स एन्ड स्पिल्सको टोलीले अनुसन्धान गरेको बताए। जीव वैज्ञानिकहरूको टोलीले माछाको परीक्षण गर्दा प्राकृतिक घटना भएको र कारणचाहिँ प्रदूषण रहेको पत्ता लगेको उनले बताए। “तापक्रम बढ्दा गर्मीका कारण यसरी माछा मर्नु सामान्य हो। पानीमा पर्याप्त अक्सिन नभए माछाले सास फर्न सक्दैनन्,” सीएनएनसँग उनले भने।
त्यस्तै, पार्क पर्यवेक्षक प्याटी ब्रिंकमेयरले शुक्रबार पहिलो पटक घटनाको अवलोकन गरेयता ६ माइलको समुद्र तट क्षेत्रमा मरेका हजारौँ माछा तैरिएको बताइन्। १७ वर्षदेखि पार्कमा काम गरिरहेकी उनले अहिलेसम्म तेस्रोपटक यस्तो घटना भएको भएको स्मरण गरेकी छन्। उनले यो पटक भने धेरै माछा मरेको देखेको उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
