गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ।
काठमाडौँ– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण शुरू गरेको छ।
मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ। सोमबार काठमाडौँबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज मंगलबार क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवाबाट दिल्ली उडानका लागि भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको बताए। छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनेको भनाइ छ।
मन्त्री किरातीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सञ्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिए। “नेपाल वायुसेवा निगमलाई आफ्ना जहाज घाम तपाएर आराम गरेर बस्ने छुट छैन। निरन्तर आफ्नो, लुम्बिनी, देशको प्रचार र बजारीकरणका निम्ति गति बढाएर अघि बढ्न अनुरोध र निर्देशन दिन चाहन्छु,” उनले भने।
नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बुद्धिस्ट सर्किटको विकास गर्न कोलम्बो, बैंकक र म्यानमारको मण्डाले विमानस्थलबाट यात्रुहरूलाई लुम्बिनी ल्याउने प्रयासमा रहेको बताए। उनले लुम्बिनीबाट मलेसिया लगायत अन्य देशमा वैदेशिक रोजगारीमा जानेहरू घर फर्कन सहज बनाउने योजना रहेको उल्लेख गरे।
नेपाल एयरलाइन्सले सस्तो भाडादरमा उडान भर्ने उनको भनाइ छ। अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ। क्वालालम्पुर–भैरहवा–काठमाडौँको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
