भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय जाने उमेरका बालबालिका पनि उक्त काममा जुटेका देखिन्छन्।
बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययनरत छन्। उनी प्रत्येक दिन बिहान–बेलुका महाकाली नदीमा बालुवा छानिरहेकी भेटिन्छिन्।
विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताइन्। “परिवारको आर्थिक अवस्था कमजोर छ। त्यसैले लेखपढका लागि कापी, किताब किन्न पैसा होस् भनेर बालुवा छान्ने काम गर्छु,” उनले भने, “विद्यालयबाट फर्किएर दिउँसोदेखि बेलुकासम्म बालुवा छान्छु।”
रेश्माका बुबा कामको सिलसिलामा भारतमा छन्। आमा महाकालीमै बालुवा छान्ने काम गर्नुहुन्छ। आमासँगै महाकालीमा बालुवा छानेर विद्यालयको खर्च जुटाउनुका साथै बिहान–बेलुकाको खानाको जोहोसमेत गर्ने गरेको उनको भनाइ छ। ब्रह्मदेवकै करिष्मा दमाईंले यसपटक एसईई परीक्षा दिइन्। फुर्सदको समयमा उनी पनि बालुवा, गिट्टी छान्ने काम गर्छन्।
“उच्च शिक्षा पढ्न पैसा छैन, परीक्षा दिएपछि फुर्सदको समयमा बालुवा छान्ने गर्छु। त्यसबाट आएको पैसा बचत गरेर राख्छु,” उनले भनिन्। बालुवा छानेर पाएको पैसाले उच्च शिक्षा पढ्ने सपना पूरा हुने र घरपरिवारलाई आर्थिक सहायता हुने करिष्माको भनाइ छ।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय पढ्ने उमेरका बालबालिका पनि बालुवा, गिट्टी छान्ने काममा जुटेका देखिन्छन्। आर्थिक अवस्था कमजोर भएका तटीय क्षेत्रका बासिन्दा तराईको उखरमाउलो गर्मीबीच असिनपसिन भएर नदीजन्य पदार्थ उत्खनन गरेर जीविकोपार्जन गर्ने गर्छन्।
“घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन,” ब्रह्मदेवकी कलावती पालले भनिन्, “बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ ।” उनका अनुसार विद्यालयको समयबाहेक अन्य समयमा बालबालिका पनि बालुवा, गिट्टी छान्ने काम सघाउनका लागि आउने गरेका छन्। कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन्। उनका चार छोराछोरी छन्। “खेतीपाती गर्न पर्याप्त जमिन छैन। बस्नलाई छाप्रो मात्रै छ, घरका सबै सदस्य यो काममा जुट्छौँ,” मानसिंहले भने, “महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ।”
बालुवा छानेर कमाएको पैसाले विद्यालय खर्च जोहो गर्ने गरेको कक्षा ९ मा अध्ययनरत माया भुलले बताइन्। उनका अनुसार कात्तिक शुरूआतदेखि नदी तटीय क्षेत्रका आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बालुवा छान्ने काममा जुट्ने गर्छन्। गिट्टी बालुवा बेचेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको मायाले बताइन्।
बालुवा प्रतिट्रली एक हजार ५०० र गिट्टी दुई हजार ७०० मा बिक्री गर्ने गरेको दुरा भुलले बताइन्। “एक मान्छेलाई ट्रली बनाउन हप्ता दिनभन्दा बढी लाग्छ। दुईरतीन दिनमा एक ट्रली तयार हुन्छ,” उनले भने, “ट्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
