महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेलास्थलमा गएर मेला बन्द गराएका थिए।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा शैक्षिक मेला (एडु फेयर) सञ्चालन गर्न रोकेको छ। बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौँ संस्करणको सभामुख देवराज घिमिरले उद्घाटन गरेका थिए। काठमाडौँ महानगरले कानूनले निषेध गरेको कार्य गरेको भन्दै शैक्षिक मेला रोकेको हो।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेलास्थलमा गएर मेला बन्द गराएका थिए। महानगरका अनुसार एसईई र कक्षा १२ को परीक्षाफल कुरेर बसिरहेका बालबालिकालक्षित मेलामा व्यक्तिगत विवरण टिप्ने, शैक्षिक प्रतिष्ठानका विषयमा जानकारी दिने लगायत काम भइरहेको थियो।
मेलामा आएका विद्यार्थी तथा अभिभावकलाई विवरण टिपोट गर्न लगाए छात्रवृत्ति उपलब्ध गराउने लोभ देखाइँदै थियो। मेलास्थलमा शिक्षण संस्थाका नाममा पढाइ हुने विषयहरूको बोर्ड राखेर सजावट गरिएको थियो।
शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार भर्ना अवधि शुरू हुनुअगाडि विद्यार्थीलाई प्रभाव पार्ने खालका क्रियाकलाप गराउन कानूनले निषेध गरेको छ। निषेधित काम प्रवर्द्धन हुने गरी सञ्चालन गरिएको फेयर बन्द गराइएको कोइरालाले जानकारी दिए।
भृकुटीमण्डप प्रदर्शनी हलमा एसईई र कक्षा १२ को परीक्षाफल कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको थियो। आइतबारसम्म सञ्चालन गर्ने योजनाअनुसार मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टल राखिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
