कार्कीले अदालतमा हुन सक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, अनुगमन तथा निगरानीमूलक संयन्त्रलाई क्रियाशील बनाउनेलगायत कार्ययोजना प्रस्तुत गरेका छन्।
काठमाडौँ– संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरेका छन्।
सिंहदरबारमा बिहान ८:३० बजे शुरू भएको सुनुवाइमा कार्कीले कार्ययोजना प्रस्तुत गरेका हुन्। कार्कीले अदालतमा हुन सक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, अनुगमन, सुपरिवेक्षण तथा निगरानीमूलक संयन्त्रलाई क्रियाशील बनाउनेलगायत कार्ययोजना प्रस्तुत गरेका छन्।
उनले ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएको दाबी गरेका छन्। कार्ययोजना प्रस्तुत गरेसँगै सुनुवाइ स्थगित भएको छ। सभापति पशुपतिशमशेर जबराले बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका हुन्।
बुधबार उजुरीकर्तासँगको छलफलपछि समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो। कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।
वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
