क्रोएशिया नेसन्स लिगको फाइनलमा, नेदरल्यान्ड्स पराजित

क्रोएशियाले उपाधिका लागि इटाली वा स्पेनसँग खेल्नेछ। फाइल खेल सोमबार हुनेछ। 

काठमाडौँ– घरेलु टिम नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएशिया नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको सेमिफाइनलमा क्रोएशियाले नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

३४औँ  मिनेटमा मालेनले गो‍ल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। क्रामारिकले ५५औँ मिनेटमा बराबरी गोल फर्काए। ७२औँ मिनेटमा क्रोएशियाका पासालिकले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

इन्जुरी समयमा नेदरल्यान्ड्सका लाङले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पेट्कोभिक र लुका मोड्रिचले गोल गर्दै क्रोएशियालाई फाइनल पुर्‍याए।

क्रोएशियाले उपाधिका लागि इटाली वा स्पेनसँग खेल्नेछ।