सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौँ– सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश कार्कीले शपथ लिएका हुन्।
कार्कीलाई शुक्रबार नै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको थियो। समितिबाट अनुमोदन भएका कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेको छ। कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो।
उनी आठ महिनायता कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा थिए। कार्की आगामी साउन २० गते सेवाबाट निवृत्त हुँदै छन्। उनी छोटो समयका लागि प्रधानन्यायाधीश हुने छन्। सेवाबाट निवृत्त हुनुभन्दा एक महिना अगाडि प्रधानन्यायाधीश बिदामा बस्ने चलन छ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएयता सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो।
शपथ समारोहमा राष्ट्रपति पौडेलसहित प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
