कांग्रेस प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन्। महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्गप्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएका बेला उनले महाधिवेशनले मात्रै उनलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रस्ट्याएका हुन्।
पार्टी सभापति, केन्द्रीय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुन सक्ने प्रमुख सचेतक लेखकको भनाइ थियो। शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले महामन्त्री थापाप्रति संकेत गर्दै सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर नहुने बताए।
“एउटा निश्चित प्रक्रिया र पद्धति कांग्रेसको सभापति बन्छन्। र, एउटा निश्चित प्रक्रिया र पद्धतिबाट कांग्रेसको सभापति परिवर्तन हुन्छ। त्यो भनेको के हो भने महाधिवेशनबाट कांग्रेसको सभापति बन्ने हो। आगामी महाधिवेशनबाट कांग्रेसको सभापति परिवर्तन हुने हो। त्यसो भएको हुनाले यो एक जना मैले, तपाईंले, अर्काले भनेर मात्रै हुने विषय होइन,” उनले भने।
प्रमुख सचेतक लेखकले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँभित्र नेतृत्वप्रति विरोध, समर्थन, आलोचना हुन सक्ने भन्दै प्रमुख सचेतक लेखकले पार्टी सभापति र केन्द्रीय कार्य समितिको नेतृत्व पार्टीका १० लाख क्रियाशील सदस्यहरूको भावनाको प्रतिनिधित्वको आधारमा हुने स्मरण गराए। उनले अरू पार्टीहरूको भन्दा युवा पुस्ता नेतृत्वमा पुर्याउने काम नेपाली कांग्रेसले गरेको दाबीसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
