प्रतिनिधिमण्डलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग १६ महिना लामो द्वन्द्व अर्थात् विनाशकारी आर्थिक प्रभाव, जनधनको क्षति र विश्वव्यापी अस्थिरताको अन्त्यका लागि शान्तिको मार्ग खोज्न अनुरोध गर्नेछ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा शान्ति अभियानको नेतृत्व गर्दै शनिबार रुस पुगेका छन्। द्वन्द्वका कारण उत्पन्न आर्थिक मन्दीका कारण अफ्रिकामा खाद्य असुरक्षा बढेपछि आफ्ना मुद्दालाई सुनाउन अफ्रिकी नेताहरू रुस पुगेका हुन्।
प्रतिनिधिमण्डल युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको छलफलपछि रुसको सेन्ट पिटर्सबर्गमा आएको दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग १६ महिना लामो द्वन्द्व अर्थात् विनाशकारी आर्थिक प्रभाव, जनधनको क्षति र विश्वव्यापी अस्थिरताको अन्त्यका लागि शान्तिको मार्ग खोज्न भेट्नेछ।
यस अभियानमा रामाफोसा, सेनेगलका राष्ट्रपति म्याकी सल, जाम्बियाका राष्ट्रपति हाकाइन्दे हिचिलेमा र कोमोरोसका राष्ट्रपति अजाली असौमानी सहभागी छन्। युगान्डा, इजिप्ट र कंगो–ब्राजाभिलले अन्तिम समयमा भ्रमणमा आफ्ना प्रतिनिधि पठाएका छन्। कीभ र मस्को दुवैले युद्धभूमिमा विजय हासिल गर्न सक्नेमा उनीहरू विश्वस्त रहेको देखाउने गरेका विश्लेषकले एएफपीसँगको कुराकानीमा बताएका छन्।
“शान्ति अभियान सफलताका लागि कीभ र मस्को दुवैले दुवै पक्षबाट तनाव कम गर्नेपर्ने हुन्छ,” रामाफोसाले शुक्रबार कीभमा आयोजित पत्रकार सम्मेलनमा भने, “हाम्रो विचारमा दुवै देशले भनेका कुरा ध्यान दिएर सुन्नु जरुरी छ र हामी यो कुरा रुसी राष्ट्रपति पुटिनलाई पनि सुनाउने छौँ र उहाँका कुरा सुन्नेछौँ।”
तर, जेलेन्स्कीले प्रतिनिधिसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त सम्भावनालाई अस्वीकार गरेका थिए। “मैले हाम्रो बैठकमा धेरै पटक स्पष्ट रूपमा भनेको छु कि रुससँग कुनै पनि वार्तालाई अनुमति दिनु, हाम्रो भूमिमा रहेको अतिक्रमण स्थिर रूपमा स्वीकार गर्नु हो,” उनले भने।
उनीहरूको आगमनको केही समयपछि कीभमा हवाई आक्रमणको साइरन बजेको थियो। शान्तिका अभियानको नेतृत्व गरेका अफ्रिकी नेताहरूले ‘सन्तुलित धारणा’ अघि सारेको रुसी नेता पुटिनले बताएका छन्।
पुटिनले भेटमा आफू ‘रचनात्मक वार्ता’का लागि खुला रहेको बताएको रुसी समाचार संस्था तासले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
