कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदा किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँ– एमालेका सचेतक महेश बर्तौलाले किसानलाई अप्यारो पर्दा राज्य अभिभावक बन्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बर्तौलाले गोलभेँडालगायत कृषि अनाजको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदा किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
“सयौँ किसानहरू कालीमाटीमा जम्मा भएर आफूले उत्पादन गरेको हजारौँ किलो गोलभेँडा सडकमा फ्याँकेर आन्दोलनमा हुनुहुन्छ। उहाँहरूले ठूलो परिमाणमा टमाटरलगायत तरकारी उत्पादन गरिरहनुभएको छ। तर, त्यसको मूल्य उहाँहरूले पाइराख्नुभएको छैन,” उनले भने, “किसानका लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने देखिन्छ। किसानले बजार नपाउँदा सरकारले बजारको सुनिश्चितताको दायित्व लिनुपर्छ। मूल्य नपाउँदा कम्तीमा समर्थन मूल्य बराबर राज्यले बेहोर्दिनुपर्छ। अप्ठ्यारोमा राज्य अभिभावक बन्नुपर्छ।”
टमाटर प्रतिकिलो उत्पादन लागत नै करिब २०–२५ रुपैयाँ पर्ने तर, बिक्री मूल्य भने पाँच रुपैयाँ पनि नपाएको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
