राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरबाट तराई झर्ने र काठमाडौँ आउँने यात्रु अलपत्र परेका छन्।
काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीले मेची राजमार्गस्थित हेवा खाेलाकाे माेटरेबल पुल बगाएकाे छ।
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जाेड्ने पुल बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरबाट तराई झर्ने यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मेची राजमार्ग र तमाेर करिडाेरका दर्जनौँ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ। दुवै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पाँचथर, ताप्लेजुङसहित पूर्वी जिल्लामा शनिबार दिउँसाेदेखि अविरल वर्षा भएकाे थियो। आइतबार बिहानदेखि वर्षा भने रोकिएको नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरीराज बाँस्काेटाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
