मोर्चाको समझदारीपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरे।
काठमाडौँ– तीन सत्तारुढ दल र एक सत्ताबाहिर रहेको दल मिलेर ‘समाजवादी मोर्चा नेपाल’को औपचारिक घोषणा भएको छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सोमबार सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दल र सत्ताबाहिर रहेको नेपाल कम्युनिस्ट पार्टीलाई मिलाएर समाजवादी मोर्चाको घोषणा गरिएको हो।

समाजवादी मोर्चा नेपालको सातबुँदे समझदारी पत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हस्ताक्षर गरे।

मोर्चाका सदस्य राजेन्द्र श्रेष्ठ अनुसार मोर्चाको नेतृत्व शीर्ष नेताको सहमतिमा आलोपालो हुने छ भने मोर्चामा समन्वय र सहकार्यको मान्यतालाई अवलम्बन गर्दै साझा नीति तथा कार्यक्रम तय गरिने छ।

नीतिगत निर्णय गर्न अध्यक्षहरूसहितको संयोजन समिति बनाएर स्थानीय तहसम्म विस्तार गर्न गरिने मोर्चाले जनाएको छ। सो क्रममा मोर्चाले १५ बुँदे नीतिगत प्रतिबद्धता पनि जारी भएको छ।

कांग्रेस र एमालेपछि तेस्रो शक्ति बनाउने उद्देश्यसहित बनेको समाजवादी मोर्चा आबद्ध तीन दलको प्रतिनिधिसभामा ५४ सिट छ। जसमध्ये माओवादी केन्द्रका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
