बझाङमा भएको सवारी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको मृत्यु भएको छ।
काठमाडौँ– बझाङमा भएको सवारी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ।
उपचारका क्रममा बझाङस्थित प्राथमिक केन्द्र देउरामा दुई जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए। मृत्यु हुनेमा मन्त्रीकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेका छन्।
“दुई जनाको उपचारका क्रममा ज्यान गएको छ। अन्यलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट कोहलपुर लगिएको छ,” उनले भने, “मन्त्रीज्यू लगायतको स्वास्थ्य अवस्था पनि गम्भीर नै रहेको छ।”
गम्भीर घाइते मन्त्री सिंह, उनका पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट कोहलपुर लगिएको हो।
डडेलधुराबाट सदरमुकाम चैनपुर जाने क्रममा सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका–१, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्याएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
