उद्योगले २०७४/७५ मा एक लाख छ हजार ३३२ मेट्रिक टन सिमेन्ट बिक्री गरेर १६ करोड ३६ लाख नाफा कमाएको थियो। यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्यांकले देखाएको छ।
मनहरी– आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले २०७९/८० मा ११ करोड १५ लाख घाटा बेहोरेको छ।
आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा बेहोर्दै आएको हो। उद्योग हाल ९० करोड रुपैयाँ घाटामा चलिरहेको छ। आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार ७९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो। यसमा एक लाख छ हजार मेट्रिक टन सिमेन्ट बिक्री गरेर १६ करोड ३६ लाख नाफा कमाएको थियो।
यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्यांक छ। उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ। सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ।
महाप्रबन्धक वसन्तराज पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले उद्योग मन्त्रालयमा योजना प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताउँछन्। उनका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायत समस्या छन्।
यस्तै, उद्योगले एक महिनापछि पुनः क्लिंकर उत्पादन शुरू गरेको छ। अब तीन महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेकाले तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
उनका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ। उद्योगमा पहिलेदेखिकै कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ३० करोडभन्दा बढी ऋण भएकाले त्यसलाई घटाउँदै लानेतर्फ आफू लागिपरेको उनको भनाइ छ।
पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उनको भनाइ छ। उद्योगमा हाल २०० जना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा १०० कामदार रहेका छन्। उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन्।
कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
