ताप्लेजुङमा बाढीपहिरोमा परी तीन जनाको निधन भएको छ। एकै परिवारका तीन जना बेपत्ता छन्। दर्जनबढी मोटरेबल तथा झोलुंगेपुल बगाउँदा आवतजावत ठप्प बनेको छ।
ताप्लेजुङ– बाढीपहिरोले सडक यातायात अवरुद्ध भएपछि मैवाखोला गाउँपालिकामा खाद्यान्नलगायत उपभोग्य वस्तुको अभाव हुन थालेको छ।
नजिकको बजार दोभानसँग नै यातायात सम्पर्कविच्छेद भएपछि दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए। “मदन भण्डारी राजमार्गअन्तर्गगत माङ्माया खोलाको पुल बाढीले बगाउँदा, दोभान र फुङलिङ बजारसँग यातायात सम्पर्क टुटेको छ। वसन्तपुर गुफा सडकखण्ड पहिराले अवरुद्ध छ। केही बिरामी परेर कतै लैजानुपरे कुनै उपाय छैन,” अध्यक्ष वनेमले भने। उनका अनुसार गाउँका आधा दर्जनभन्दा बढी पुल क्षतिग्रस्त छन्।
मैवाखोला २ र ३ जोड्ने मोटरेबल पुल बाढीले बगाएको छ। सोही गाउँपालिकाकै वडा नं ३ र ५ जोड्ने अर्को मोटरेबल कल्भर्ट बाढीले बगाएको छ। विभिन्न गाउँलाई जोड्ने चार वटा झोलुंगे पुल र एउटा काठे पुल बाढीले क्षतिग्रस्त बनाएको अध्यक्ष वनेमले बताए। अहिले गाउँपालिका केन्द्रदेखि विभिन्न वडामा सवारी साधन ओहोरदोहोर ठप्प बनेको छ भने एक गाउँदेखि अर्को गाउँमा ओहोरदोहोरमा पनि कठिनाइ छ।
शनिबार रातिको बाढीले ती पुल क्षतिग्रस्त बनेका हुन्। “भएका पुल पुलेसा बाढीले बगाएपछि वरिपारि गर्न कठिन छ। दर्जनौँ परिवार विस्थापित छन्, उनीहरूसम्म पुग्न सकिएको छैन। बल्ल तल्ल ओदकमा पहिरो पार गरेर पुगियो, यहाँका २१ परिवार विद्यालय र गुम्बामा बसेका छन्,” अध्यक्ष वनेमले भने, “ओदक टोलसहित विभिन्न क्षेत्रका २६ घर जोखिममा छन्।” चारैतिरको बाटोघाटो र पुल पहिराले क्षतिग्रस्त हुँदा ओदक कुनै टापु जस्तै बनेको छ। यहाँका मानिस अन्यत्र जान सकिरहेका छैनन्।
सडक सञ्चालनमा समय लागे गाउँपालिकाभित्र धेरै समस्या आइलाग्ने देखिएको अध्यक्ष वनेमले बताए। अवरुद्ध वसन्तपुर, गुफा सडकखण्ड खोल्न गाउँपालिकाले शुरू गरेको छ। तर यसमा समय लाग्ने देखिएको छ। “वसन्तपुरतर्फको सडक खुल्न झण्डै हप्ता दिनसम्म लाग्ला, माङ्मयालगायत खोलामा पुल वा बेलिब्रिज नबन्दासम्म दोभान बजार पुग्न विकल्प छैन, बेलिब्रिज राख्ने र सडक खुलाउने विषयमा विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ,” उनले भने।
बाढीले मैवाखोला–४ को भालढुंगा, माङ्माया, मेरिङदेन गाउँपालिका जोड्ने खार्ते र सत्तल छेउको झोलुंगे पुल क्षतिग्रस्त बनाएको छ। ती पुलबाट वारिपारि गर्ने उपाय छैन। मानवीय क्षति नभएको यस गाउँपालिकामा करोडौँ मूल्य बराबरका संरचना क्षतिग्रस्त बनेका छन्।
बाढीपहिराले यहाँका पाँच वटा सानातिन जलविद्युत् आयोजना ध्वस्त भएका छन्। केन्द्रीय प्रसारण लाइनका पोलसमेत ढलेकाले गाउँपालिका नै अन्धकार बनेको छ। “मोबाइल चार्ज गर्ने ठाउँ छैन। टेलिफोनका टावर दिनमा दुई घण्टा चलेर बन्द हुन्छन्। बिजुली नहुँदा पालिका तथा वडा कार्यालयबाट प्रदान गर्ने कतिपय सेवा अवरुद्ध छन्,” अध्यक्ष वनेमले भने।
मैवाखोला–३ मा पर्ने थेरथेरेमा केन्द्रीय प्रसारण लाइनको पोल पहिरोका कारण ढलेर केन्द्रीय प्रसारण लाइन अवरुद्ध बनेको हो। यस्तै छ वटा खानेपानी आयोजनामा क्षति पुग्दा मजुवा, ताम्राङ, साँघु बजार, तेम्बेलगायत दर्जनौँ बस्तीका मानिस खानेपानीको सुविधाबाट वञ्चित बनेका छन्। विभिन्न पाँच वटा सिँचाइ आयोजनाका मुहान, कुलोलगायतमा क्षति पुगेको छ।
जसले खेतीपातीमा समस्या उत्पन्न हुनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। बर्सातकै बेला समस्या नभए पनि एक दुई दिन घाम लागे धान खेतीमा सिँचाइ अभाव हुने किसानलाई चिन्ता छ। जिल्लामा बाढीपहिरोमा परी तीनको निधन भएको छ भने पाँच दिनदेखि पहिरोमा बेपत्ता मेहेलेका एकै परिवारका तीन जना अझै फेला परेका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
