सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउने दायर गरेको काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।
उपप्राध्यापक चलाउनेको रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासमा बिहीबार भएको बहसपछि उक्त आदेश जारी भएको हो। आदेशमा विचाराधीन मुद्दा फिर्ता लिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट निवेदक चलाउनेलाई असर पर्ने देखिएकाले मुद्दा फिर्ता नलिई यथास्थितमा राख्न नेपाल सरकार, मन्त्री परिषद्को नाममा आदेश भएको निवेदकका तर्फबाट बहसमा सहभागी अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन्।
उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाई समितिका अध्यक्ष हरि आचार्य तथा योगेन्द रावल सहितका पाँच जनाले विश्वविद्यालय परिसरमै आक्रमण गरी गम्भीर घाइते बनाएका थिए। घाइते चलाउने लामो समयको उपचारपछि मात्र हिँडडुल गर्न सक्ने भएका थिए।
आक्रमण गर्नेहरूका विरुद्ध काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा २०८० जेठ ३० को मन्त्रlपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको थियो। आफूमाथि अन्याय भएको बताउँदै सरकारको उक्त निर्णयका विरुद्ध सोमबार अदालतमै धर्ना दिन पुगेका चलाउनेलाई प्रहरीले पक्राउ गरेको थियो।
दोषीहरूले सजाय पाउनुपर्ने मागसहित उक्त मुद्दामा सुनुवाइको लागि पेसी तोकिएको दिन मंगलबार उनी विश्वविद्यालय परिसरमा अनसन बसेका थिए। तर, मुद्दा फिर्ता लिने सम्बन्धमा मन्त्री परिषद्ले गरेको निर्णयसम्बन्धी पत्र आउन ढिला भएको भन्दै अदालतले मंगलबारको पेसीमा सुनुवाइ गरेन।
आफूमाथि ज्यान लिने उद्देश्यले आक्रमण गर्नेहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै उपप्राध्यापक चलाउनेले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
