जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरूसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा पारित नहुने बताए।
काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतका कमीकमजोरीलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताएका हुन्। उनले आफूहरूको आदिवासी, मधेशीका मुद्दाहरू सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताए।
“समाजवादी मोर्चाले निश्चित रूपमा विगतका कमीकमजोरीलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका साथसाथै सामाजिक न्यायसँगै आदिवासी, मधेशी लगायतका राष्ट्रिय मुद्दाहरू सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयास गर्नका लागि नै त्यो निर्माण भएको हो,” उनले भने।
समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरू आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाति, मधेशी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको उनले उल्लेख गरे।
अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरूसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा पारित नहुने बताए। उनले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसद्बाट पास हुने बताए। उनले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको उल्लेख गरे। उनले बजेट सच्याएर अघि बढ्ने सहमति भएको समेत बताए।
“बजेटले पूरै मधेश लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ। त्यस कारणले यसलाई सच्याउनुपर्छ भनेर सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौँ। नसच्याई बजेट पास हुन कठिन छ,” उनले भने।
अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताए। उनले आफ्नै देशका नागरिकलाई नागरिकता दिनबाट वञ्चित गर्ने कार्य असंवैधानिक कार्य भएको समेत उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
