विश्वकप छनोट: नेपाल टस जितेर बलिङमा

दुई पटकको एक दिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित नेपालले पहिलो पटक खेल्न लागेको हो।

काठमाडौँ– आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

हरारे स्पोर्ट्स क्लबमा सम्पन्न टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्। नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा कमब्याक गरेको थियो। उच्च मनोबलमा रहेको नेपाल तेस्रो खेलमा जितको लक्ष्यसहित मैदान उत्रिने कप्तान रोहितले बताइसकेका छन्। विश्वविजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले टोलीमा कुनै पनि परिवर्तन गरेको छैन।

नेपालले अमेरिकासँगको प्लेइङ ११ लाई नै निरन्तरता दिएको छ। नेपालले दुई पटकको एक दिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित पहिलो पटक खेल्न लागेको हो। नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग यही असार नौ गते खेल्नेछ। 

नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी