बाढीपहिरोले बाढीपहिरोले बाटो, सडक र पुल बगाएपछि ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।
फुङलिङ– ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण बालबालिकाको पढाइ प्रभावित हुन पुगेको छ।
बाढीपहिरोले बाटो, सडक र पुल बगाएपछि सिदिङ्वा र सिरिजंघा गाउँपालिकाका विद्यार्थीको विद्यालय जान नसकेका हुन्। गत शुक्रबार, शनिबार र आइतबारको निरन्तर वर्षाका कारण सिरिजंघा गाउँपालिका–८ आम्फुदिनस्थित कञ्चनजंघा माध्यमिक विद्यालय बाढीको उच्च जोखिममा छ।
त्यहाँ अध्ययनरत १२२ विद्यार्थीको पढाइ प्रभावित भएको गाउँपालिकाले जनाएको छ। जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ। बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए। यो गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा छन्। अहिले सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको उनले बताए।
त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय छन्। यी विद्यालयमा तीन हजार १०० विद्यार्थी अध्ययनरत छन्। बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले बताए।
बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यालय बिदा गरिएको उनको भनाइ छ। निरन्तर वर्षा र बाढीपहिरोले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले पनि असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
