महानगर क्षेत्रको संस्कृति, सम्पदा एवं पर्यटन कार्यक्रमका लागि क्रमागत योजनासहित २ अर्ब १३ करोड ७६ लाख बजेट छुट्याइएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
उपप्रमुख सुनिता डंगोलले नगरसभाको १३औँ बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेकी हुन्। कुल बजेटमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ।
बजेटको खर्च जुटाउने स्रोतमध्ये संघ र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० र बैंक मौज्दातबाट ११ अर्ब ७५ करोड स्रोत परिचालन गर्ने लक्ष्य छ।
यस्तै, राजस्व बाँडफाँटतर्फ २ अर्ब १६ करोड ५९ लाख र सामाजिक सुरक्षाभत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोड आम्दानी हुने महानगरपालिकाले जनाएको छ।
महानगर गौरवका योजनाअन्तर्गत १० वटा विषयगत क्षेत्रका योजनाहरू छनोट गरिएको उपप्रमुख डंगोलले बताइन्। यसका लागि ३ अर्ब ८० करोड रकम छुट्याइएको छ।
यस्तै, महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनामा २ अर्ब खर्च गरिने बजेट वक्तव्यमा उल्लेख छ। प्राथमिकता प्राप्त योजनाअन्तर्गत वडाहरूबाट तोकिएको सीमाको अधीनमा रही खर्च गर्न गरी १ अर्ब ७६ करोड विनियोजन गरिएको छ।
सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित ७ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ छुट्याइएको छ। जसअन्तर्गत सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी ‘धुलोरहित काठमाडौँ’ योजना ल्याइएको छ। उक्त योजनाका लागि १ अर्ब खर्चिने गरी बजेट विनियोजन गरिएको छ।
महानगर क्षेत्रको संस्कृति, सम्पदा एवं पर्यटन कार्यक्रमका लागि क्रमागत योजनासहित २ अर्ब १३ करोड ७६ लाख बजेट छुट्याइएको छ। महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयका पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारका निम्ति ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ योजनाअन्तर्गत ५० करोड राखिएको छ।
६ करोड रुपैयाँ खर्च गर्ने गरी महानगरवासीलाई सहुलियत मूल्यमा औषधि उपलब्ध गराउन ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने महानगरले जनाएको छ। महानगरले स्वास्थ्य कार्यक्रमतर्फ ९२ करोड ६६ लाख बजेट छुट्याएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
