२५ कविले शनिबार आयोजित महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। जसबाट १० जना उत्कृष्ट घोषणा गरिएको हो।
काठमाडौँ– नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट १० कवि छानिएका छन्।
प्रतिष्ठानले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारासहित मुलुकमा बोलिने जुनसुकै मातृभाषामा नेपाली अनुवादसहित रचना आह्वान गरेको थियो। जसअनुसार ६४४ कविले भाग लिएका थिए।
तीमध्ये २५ कविले नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। जसबाट १० जना उत्कृष्ट घोषणा गरिएको हो।
नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुनरछोरी, ‘रक्तिम कथा’ शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी, ‘नौरानको नाम’ शीर्षकका प्रकाश दिप्साली राई र ‘परिचयपत्र’ शीर्षकका कवि राधिका कल्पित पुरस्कृत हुने भएका छन्।
यस्तै, मातृभाषा डोटेलीमा खिमानन्द जोशी ढमुई गोठ (नाइँ भान्या हुँ), पूर्णानन्द ओझा (सन्निको मान्सा) खाम मगर भाषामा टंकबहादुर झाँक्री मगरको (रहुन्के वे बड्डा)का कवितालाई उत्कृष्ट घोषित गरिएको छ। उत्कृष्ट १० कविलाई जनही १५ हजार रुपैयाँ राशिको पुरस्कार दिइनेछ।
कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्यांकन गरेको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
