हाँस्न सिकाउने प्रशिक्षकको नाम केइको कावानो हो। उनी मुस्कुराउने कला सिकाउन चर्को शुल्क लिन्छिन्। यसका बाबजुद पनि विद्यार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ।
‘हाँस्नु, बाँच्नु, खुशी रहनु, मुस्कुराउनु… कसलाई थाहा छ, भोलि हुन्छ कि हुँदैन’, यो संवाद अमन माथुर उर्फ शाहरुख खानले प्रीति जिन्टालाई फिल्म ‘कल हो ना हो’मा भनेका हुन्। फिल्ममा प्रीतिले नैना कपुरको भूमिका निर्वाह गरेकी छन्। अर्को दिन नैना ऐनाको अगाडि मुस्कुराउने अभ्यास गर्छिन्। सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ, तर वास्तविकतामा जापानका मानिसहरूको अवस्था नैनाको जस्तै भएको छ।
कोरोना महामारीका कारण वर्षौंसम्म अनुहार मास्कले लुकाएका जापानीहरूले हाँस्ने तरिका बिर्सिसकेका छन्। त्यसैले उनीहरूले हाँस्न सिक्न ‘स्माइल कोच’ राखेका छन्। ती प्रशिक्षकले उनीहरूलाई हाँस्न सिकाउँछन्।
राम्रोसँग हाँस्न सिकेका युवाहरूबारे जापान टाइम्सले एउटा रिपोर्ट प्रकाशित गरेको छ। रिपोर्टअनुसार 'टोकियो आर्ट स्कुल'का धेरै विद्यार्थी हातमा ऐना लिएर मुस्कान बढाउने अभ्यास गरिरहेका छन्। मुखको दुवै छेउ फराकिलो बनाउन ‘माउथ स्ट्रेचिङ’ व्यायाम गरिरहेका छन्।

यसरी हाँस्न सिकाउने प्रशिक्षकको नाम केइको कावानो हो। उनी भन्छिन्, “जापान सरकारले कोरोना महामारीकामा अनिवार्य मास्क लगाउनुपर्ने नियमलाई कडाइका साथ लागू गरेको थियो। उक्त नियमलाई जापानी जनताले पालना गरे। जसका कारण मुस्कुराउने अवसरहरू कम भयो। त्यसैले धेरैले कसरी मुस्कुराउने भनेर बिर्सेका छन्।
कावानोले मुस्कुराउने कला सिकाउन चर्को शुल्क लिन्छिन्। यसका बाबजुद पनि विद्यार्थीको संख्या बढ्दै गएको उनी सुनाउँछिन्।
उनले चार हजारभन्दा बढी मानिसहरूलाई मुस्कुराउन सिकाइरहेकी छन्। कोरोनाका प्रतिबन्धहरू खुकुलो भएदेखि ४.५ गुणा विद्यार्थी वृद्धि भएको उनले बताइन्। उनका कक्षामा युवा मात्रै होइन, केही ज्येष्ठ नागरिक पनि आउने गरेका छन्।
यसअघि जापान सरकारले एक प्रतिवेदन सार्वजनिक गर्दै काम गर्ने उमेर समूहका करिब १५ लाख मानिस ‘हिकिकोमोरी’बाट पीडित रहेको बताएको थियो, जुन एक प्रकारको गम्भीर सामाजिक विचलन हो। कोरोनाका कारण मानिसहरू आइसोलेसनमा बस्न बाध्य भए, त्यही कारण उनीहरूमा यस्तो गम्भिर समस्या देखिएको बताइन्छ। यो समस्या किशोर तथा युवामा बढी देखिएको थियो, जो आफ्नो आमाबाबुसँग घरमा बस्छन्।
कोरोनाको बेला काम गर्न र विद्यालय जान उनीहरूले महिना या वर्ष दिनसम्म पाएनन्। त्यही कारण उनीहरूमा यस्तो समस्या देखिएको जापान सरकारको निष्कर्ष छ। यद्यपि, जापानले पछिल्लो समय कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रवधानहरू खुकुलो बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
