पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
काठमाडौँ– पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सोमबार मुद्दा परेको हो। अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार १ करोड ४४ लाख ११ हजार ७८१ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित डा. ढकालविरुद्ध मुद्दा दायर गरिएको हो।
डा. ढकालले विसं. २०७४ साल साउनदेखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य–सचिव रहेका थिए। सो क्रममा पदीय दुरुपयोग गरी अस्वभाविक रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको देखिएका आयोगले जनाएको छ। बिगोबमोजिम जरिबाना, भ्रष्टाचार गरी आर्जित र त्यसबाट बढेको सम्पत्ति जफत गर्न अख्तियारले माग गरेको छ।
तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवबाट कोषको सदस्य–सचिवमा नियुक्त भएका डा. ढकालको चार वर्षीय कार्यकाल २०७८ साल साउनमा पूरा भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
