इलामको माङ्सेबुङमा आगलागी: ८ घर जले

गएराति दुई बजे शुरू भएको आगलागी बिहान नौ बजेसम्म नियन्त्रणमा आएको छैन।

सांकेतिक तस्वीर।

मंगलबारे– इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन्।

स्थानीय समिर चेम्जोङको घरबाट शुरू भएको आगलागी मंगलबार बिहान नौ बजेसम्म नियन्त्रणमा आएको छैन । स्थानीय सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन।

गएराति २ बजे आगलागी शुरू भएको थियो। स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ।

रातको समय र आगलागी नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको  र कारणसमेत नखुलेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।