अलिबाबाका संस्थापक एवं चिनियाँ व्यापारी ज्याक मासहितको टोली काठमाडौँ आएको छ।
काठमाडौँ– अलिबाबाका संस्थापक एवं चिनियाँ व्यापारी ज्याक मासहितको टोली काठमाडौँ आएको छ। मा आठ जनाको टोलीसहित निजी विमानमार्फत काठमाडौँ आइपुगेका हुन्।
अध्यागमन विभागका अधिकारी खिमलाल भुसालका अनुसार उनीहरू सवार विमान मंगलबार दिउँसो साढे दुई बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
उनीहरू चीनबाट ढाका हुँदै काठमाडौँ आएको र नेपालमा रहँदा विशेष भेटघाट गर्ने पनि बताइएको छ। पाँच जना चिनियाँ र अन्य देशका नागरिकसहितको उक्त टोली काठमाडौँको नक्सालस्थित मेरियट होटलमा बसेको छ।
मा सार्वजनिक जीवनबाट गायबजस्तै भएको तीन वर्षपछि करिब चार महिनाअघि पुनः चीनमा देखिएका थिए। सन् २०२० मा चीनको आर्थिक नीति तथा नियमनबारे आलोचना गरेयता ज्याक सार्वजनिक रूपमा बिरलै देखिन्थे।
चीन सरकारको दबाब र नियन्त्रणमा उनी नजर बन्दमा रहेको धेरैको अनुमान थियो। त्यसबीचमा उनी जापानमा गएर बसेको पनि बताइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
