मन्त्री श्रेष्ठले काठमाडौँका स्ववासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।
काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौँका स्ववासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौँका मूलवासी नेवारहरू कमैया जीवन बिताउन बाध्य रहेका भन्दै उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताएकी हुन्।
उनले भूमिहीनलाई लालपुर्जा दिन राष्ट्रिय भूमि आयोगले ७७ वटै जिल्लामा काम गरिरहेको बताइन्। “मन्त्रालयले स्ववासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियालाई पनि अगाडि बढाउने निर्णय गरेको छ,” उनले भनिन्, “राष्ट्रिय भूमि आयोग र जिल्लास्थित भूमि आयोगले कार्य अगाडि बढाएको जानकारी गराउन चाहन्छु।”
उनले सहकारी पीडितहरू आन्दोलित भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताइन्। “समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय गठन भई कार्य भइरहेको र हालसम्म १२ वटा समस्याग्रस्त सहकारीमध्ये दुई वटा सहकारीको समस्या समाधान भइसकेको र अन्य केही पनि समाधान हुन उन्मुख छन्।”
उनले सहकारी संस्थालाई दिगो र बलियो बनाउनका लागि विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडि बढेको उल्लेख गरिन्। उनले गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरण गरिने पनि जानकारी गराइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
