कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत नदिए तत्कालै प्रदेशसभा विघटन हुने र मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने बताएका छन्।
काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत नदिए प्रदेशसभा विघटन हुने बताएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन्।
आफूले राम्रो काम गरेका बताउँदै विश्वासको मत दिन आग्रह गरेका उनले विश्वासको मत नपाए अर्को सरकार पनि बन्न नसक्ने बताए। आफू नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सर्वपक्षीय सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै उनले विभिन्न प्रयासहरू गर्दा पनि निष्कर्षमा पुग्न नसकेको बताए। उनले विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जान तयार भएको हो भन्दै प्रश्नसमेत गरे।
“प्रदेशको मौजुदा अवस्थालाई हेरेर, यहाँको गणितलाई हेरेर सर्वपक्षीय सरकारको आह्वान गरेँ। अधिकांश दलका नेताहरूले सकारात्मक सन्देश दिनु भयो। कतिपय नरुचाए पनि, आलोचना गरे पनि धेरै जिम्मेवार नेताहरूले ठीकै हो भन्नु भयो। प्रयास गर्दा निष्कर्षमा पुर्याउन सकेको छैन,” उनले भने, “मेरो विश्वास छ योभन्दा अर्को विकल्प पनि छैन। यो बाटोमा जानै पर्छ। यो बाटोमा नजाने भए हामीले तत्कालै मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ। मध्यावधि निर्वाचन गर्न मुलुक तयार छ?”
अहिलेको गणितलाई बुझेकाले फेरि अर्को सरकार बन्न सक्ने अवस्था नआउने उनको भनाइ थियो। “मैले त सम्भावना देख्दै देख्दिनँ,” उनले भने। प्रदेशको नामांकनको विषयमा भएको विवाद समाधानका लागि छलफल शुरू भएको पनि उनले बताए।
विश्वासको मत नदिए मध्यावधिमा जान्छ: मुख्यमन्त्री हिक्मतबहादुर कार्की#koshipradesh #hikmatbahadurkarki pic.twitter.com/4cXINTcDI0
— Ukaalo (@ukaalonews) June 29, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
