सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन्।
काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा बिहीबार दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन। सुख्खा पहिरोसँगै ढुंगा खसिरहेकाले शुक्रबार बिहानदेखि पहिरो पन्छाइने भएकाले रातभरि सडक अवरुद्ध हुने भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ढुंगा खसिरहेकाले बिहान ३ बजेदेखि मात्र पहिरो पन्छाउने काम शुरू गरिने भएको छ। पहिरो पन्छाउने क्रममा प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका छन्।
प्रहरीचौकी सोमेश्वर माडी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुंगा खसेर लाग्दा शाह घाइते भएका हुन्। घाइते शाहलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दिउँसो १३ः२० बजेदेखि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन्।
भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकमा बिहीबार राति र भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।
हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
