कृषिमन्त्री डा. वेदुराम भुसालले बाँझो जमिन उपयोगका लागि कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग रहेको आरोप लगाएका छन्।
काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले रासायनिक मल वितरणमा बदमासी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)स्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवलाई सम्बोधन गर्नै उनले मल वितरण बदमासी गर्नेमाथि छानबिन गरी कारबाही गर्ने चेतावनी दिएका हुन्।
मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका तस्वीरहरूमार्फत प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका मन्त्री भुसालले अहिले सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको दाबी गरे।
“राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटालाई मलको अभाव भनेर प्रचार गरियो। अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ,” मन्त्री भुसालले, “मल वितरणमा बदमासी भएको छ। मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु।” दाङका मेयरले आफूलाई भोट हाल्नेभन्दा बाहेकलाई मल नदिने भन्दै हिँडेर किसानविरोधी अभियान चलाइएको उनको टिप्पणी थियो।
मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए। उनले जमिन बाँझो हुनुमा मानिसको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाइँ सर्ने प्रवृत्तिको विकास, युवा विदेशी जानु र सरकारले पर्याप्त सेवासुविधा पुर्याउन नसक्नु प्रमुख कारण रहेको औँल्याए। उनले नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतीपाती गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्न सक्ने दाबी गरे।
उनले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगण्य भए पनि बजेट विनियोजन गरेको बताए। यद्यपि, उनले बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको आरोप लगाए। “बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट नगण्य हुनुको प्रमुख बाधक योजना आयोग हो,” उनले भने।
उनले योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाएकाले कृषि मन्त्रालयको सिलिङमा बजेट कटौती भएको बताए। उनले कार्यक्रममा सहभागी योजना आयोगका सदस्यलाई योजना आयोगमा बसेर बजेट नदिने तर कृषि कार्यक्रममा आएर ठूला कुरा नगर्न चेतावनी दिए।
“योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाउँछ। कृषि मन्त्रालयको सिलिङमा पनि कटौती गर्छ। योजना आयोगले कृषि क्षेत्रको कार्यक्रममा आएर गुनासो गरेर हुँदैन। काम गर्ने ठाउँमा गर्नुपर्छ। योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ,” उनले भने।
सरकारले यो वर्ष कृषि क्षेत्रमा ल्याएका कार्यक्रमलाई सफल बनाउन अभियान सञ्चालन गर्ने उनको भनाइ थियो। सम्बोधनपछि रोपाइँ महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोपेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
