मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको छ। विपक्षमा ४३ मत खसेको छ। बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ।
काठमाडौँ– कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ। विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेसँगै सरकार ढलेको हो।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए। जसमध्ये कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो। एमालेका ४० र राप्रपाका ६ सांसदले विश्वासको मत दिएका हुन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका ४३ जना सांसदले विपक्षमा मतदान गरे। योसँगै मुख्यमन्त्री कार्की पदमुक्त भएका छन्। उनले प्रदेशसभाको बिहीबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन अथवा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। निर्णायक मत रहेको जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बू बैठकमा उपस्थित भइनन्।
गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेकी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्। तर, उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन्।
माओवादी, राप्रपा र जसपाका सांसदको समर्थनमा कार्की गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
