प्रतिष्ठानमा प्राप्त भएका १८० पुस्तकबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि १५ पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ।
काठमाडौँ– पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि उत्कृष्ट १५ वटा पुस्तकको विस्तारित सूची सार्वजनिक भएको छ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशितमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।
२०७९ सालमा प्रकाशितमध्ये प्रतिष्ठानमा प्राप्त भएका १८० पुस्तकबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि १५ पुस्तक छानिएको हो।
विस्तारित सूचीमा परेका पुस्तकमा जानुका खतिवडाको आतोओडा, सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, प्रगति राईको थाङ्ग्रा, रमेश क्षितिजको पर्वतपर्वतमा बटुवा घाम, सुरेश पराजुलीको पानीघट्ट रहेका छन्।
यसैगरी, शैलेन्द्र अधिकारीको ब्रम्हास्त्र, रामलाल जोशीको बाआमा, प्रोल्लास सिन्धुलीयको भग्न भैरव, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, हरिबोल काफ्लेको यशोधरा, डा. नवराज केसीको शून्यको मूल्य र अशोक थापाको सन्तापको धून रहेका छन्।
दोस्रो चरणमा यी १५ पुस्तकबाट उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
