मस्कले डाटा स्क्रेपिङ र ट्विटरको सिस्टममा देखिएका हस्तक्षेपलाई नियन्त्रण गर्न अस्थायी सीमा तोकिएको बताएका छन्।
ट्विटरले प्रयोगकर्ताले एकदिनमा पढ्न सक्ने ट्विट संख्यामा अस्थायी सीमा लागू गरेको छ।
ट्विटरका मालिक एलन मस्कका अनुसार ‘भेरीफिकेशन टिक’ नभएका खाताले अब दैनिक बढीमा हजार पोष्टमात्र पढ्न पाउनेछन्। ‘भेरीफाईड’ प्रयोगकर्ताले भने दिनमा १० हजार पोस्ट पढ्न सक्छन्।
त्यसैगरी, भर्खरै खुलेका र प्रमाणीकरण नभएका खाताले मात्र ५०० ट्विट हेर्नसक्ने छन्। टेक्नोक्र्याट अर्बपति मस्कले डाटा स्क्रेपिङ र ट्विटरको सिस्टममा देखिएका हस्तक्षेपलाई नियन्त्रण गर्न अस्थायी सीमा तोकिएको बताएका छन्।
“हाम्रो डाटा ठूलो मात्रामा चोरी भइरहेको थियो जसले गर्दा हाम्रा प्रयोगकर्ताको लागि सेवा सहज भइरहेको थिएन,” उनले भनेका छन्।
डाटा स्क्रेपिङ भन्नाले ‘डाटा माइनिङ’ नै भनेर बुझ्न सकिन्छ, जसमा अनाधिक्रित समूहले कुनै प्लेटफर्मको डाटा आफ्नो प्रयोजनका लागि निस्शुल्क उपयोग गरिरहेका हुन्छन्।
यो नयाँँ घोषणाको शुरूआतमा भेरीफाईड, पुराना र नयाँँ भेरीफाइ नभएका प्रयोगकर्ताका लागि क्रमशस् ६०००–६००–३०० पोस्ट हेर्न मिल्ने सीमा तोकिएको थियो भने यो दर केही घण्टामै परिवर्तन भएको थियो।
केही विश्लेषकले भने मस्कको यो कदमलाई ट्विटरलाई सशुल्क सेवा प्रदान गर्ने प्लाट्फर्म बनाउने योजनाअन्तर्गत परीक्षणात्मक प्रयोग गरेको आँकलन गरेकाछन्। उनले केही समयदेखि ‘ट्विटर ब्लु’को व्यापक मार्केटिङ गर्दै आएका छन्।
शुक्रबार रातिदेखी देखापरेको यो ‘ग्लिच’पश्चात् हजारौँ ट्विटर प्रयोगकर्ताले समस्या रिपोर्ट गरेका थिए।
सिस्टममा भएको भनिएको हस्तक्षेपबारे भने ट्विटरले केही खुलाएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
