मंगलबारको कारोबारमा नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंकमा कायम भएको छ। नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ।
काठमाडौँ– यो साताको शुरूआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंक बढेको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंकमा कायम भएको हो।
मंगलबार विभिन्न २८२ कम्पनीका ६४ लाख ५० हजार ९३४ कित्ता शेयर ४६ हजार ७३१ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १३३.३४ र निर्जीवन बीमा समूह ७८.०७ अंकले बढेको छ। बैंकिङ समूह १.०७, विकास बैंक ३१.०५, वित्त ३५.३४, जलविद्युत् ३.१६, लगानी ०.९९ र जीवन बीमा ३०.५० अंकले बढेको छ।
त्यसैगरी, उत्पादन तथा प्रशोधन ४०.०८, लघुवित्त ३०.२१, म्युचुअल फन्ड ०.०२, व्यापार १५.८१ र अन्य समूह १५.८१ अंकले बढेको छ।
सिटी होटल लिमिटेडको शेयर मूल्यमा ९.९८ प्रतिशतले बढेको छ भने बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख ८३० बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको दुई लाख १४ हजार ५८३ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
