ट्विटरको विकल्प खोज्दै प्रयोगकर्ता ‘ट्रुथ सोसियल’, ‘मास्टोडोन’लगायत उस्तै प्रकृतिका सञ्जालमा भौँतारिँदै गर्दा मार्क जुकरबर्गले ‘थ्रेड्स’ नामक एप्लिकेसन लन्च गर्ने घोषणा गरेका छन्।
ट्विटरका मालिक एलन मस्कले आफ्नो सामाजिक सञ्जालमा एकपछि अर्को परीक्षण गरेपछि उक्त प्लाटफर्मको भविष्यबारे अन्योल बढिरहेको बेला मेटाले आफ्नै माइक्रो ब्लगिङ साइट शुरू गर्ने घोषणा गरेको छ।
फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपको ‘पेरेन्ट’ कम्पनी मेटाले बिहीबारदेखि ट्विटरजस्तै प्रकृति ‘थ्रेड्स’ नामक एप्लिकेसन लन्च गर्ने घोषणा गरेको हो।
हालसालै प्रयोगकर्ताले ‘भेरिफिकेसन’ स्ट्याटसअनुसार दैनिक हेर्न सकिने संख्या तोक्नेलगायत मस्कले ट्विटरमा लगातार गरेका परीक्षण र परिवर्तनका कारण धेरै प्रयोगकर्ता बिच्किएका छन्।
ट्विटरको विकल्प खोज्दै प्रयोगकर्ता ‘ट्रुथ सोसियल’, ‘मास्टोडोन’लगायत उस्तै प्रकृतिका सञ्जालमा भौँतारिँदै गर्दा मार्क जुकरबर्गले यस्तो घोषणा गरेका हुन्।
रोयटर्समा प्रकाशित रिपोर्टअनुसार थ्रेड्स प्रयोगकर्ता इन्स्टाग्राम खातासँग ‘लिंक’ हुनेछन् र उनीहरूले त्यहाँबाटै लगइन गर्न र ‘फलोअर’ शेयर गर्न सक्नेछन्।
बिहीबारदेखि शुरू गर्ने भने तापनि अहिलेदेखि नै इच्छुक व्यक्तिले एप्पल स्टोर र गुगल प्ले स्टाेरमा उक्त एप्स प्रि–डाउनलोड गरेका कम्पनीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
