एमालेको मागका विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गर्ने भएपछि प्रदेशसभा बैठक सञ्चालन गर्न दिन एमाले सहमत भएको हो।
लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल एमाले र सरकारबीच सहमति भएको छ।
बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो। एमालेले बैठक बहिष्कार गरेपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो।
दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए।
उनका अनुसार बुधबार बस्ने प्रदेशसभा बैठकमा एमालेको मागका विषयमा मुख्यमन्त्रीले सम्बोधन गर्नेछन्। सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मंगलबार स्थगित प्रदेशसभा बुधबारका लागि लागि बोलाइएको छ।
प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले मंगलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औँ बैठक दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
