स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको छ।
काठमाडौँ– नेपालमा डेंगीको संक्रमण बढिरहेको छ। पानी परेसँगै डेंगीका बिरामी बढ्न थालेका हुन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीका बिरामी बढ्न थालेको जानकारी दिए।
उनले डेंगी बढ्ने मौसम शुरू भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताए। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको उनको भनाइ थियो।
उनका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेंगीका कारणले बिरामी परेका छन्। यो वर्ष अहिलेसम्म संक्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ।
महाशाखाका अनुसार काठमाडौँ ४६, ललितपुरमा १२ र भक्तपुर ३५ बिरामी भेटिएका छन्। यस्तै, सबैभन्दा बढी देखिएको दार्चुलामा १८७, धादिङमा १३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्यादीमा २९ जना डेंगीका बिरामी भेटिएका छन्।
उनले बर्खायाम शुरू भएसँगै डेंगीबाट बच्न आग्रहसमेत गरे। “अहिले दैनिक पानी परिरहेको छ। परेको पानी फूलदानी, जारमा जम्मा हुन्छ अनि त्यही लामखुट्टेले फुल पार्दछ”, उनले भने, “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ।”
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ। डेंगीले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको छ।
लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरिएको छ। यस्तै मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ।
सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेंगी देखिएको र डेंगीबाट ८८ जनाको ज्यान गइसकेको छ। पुस १५ गतेयता अहिलेसम्म सात सय एक जनामा डेंगीको सङ्क्रमण देखिएको छ। नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगी देखिएको थियो। सन् २००५ मा भने डेंगीका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगीको सङ्क्रमण देखिँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
