प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन्। प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको उनको जिकिर थियो।
शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतीहरू’ विषयक विचार गोष्ठीमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि ‘कम्फटेबल’ सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुशी बनाउन खोजेको आरोप लगाए।
“जसरी हाम्रो नेताहरू विदेशीको सेवा गरेर मात्रै, विदेशीहरूको साथ र समर्थन पाएर मात्रै सत्तामा बस्न सकिन्छ, सत्तामा रहन सकिन्छ भन्ने मनोदशाबाट प्रेरित हुँदै गएको अवस्था छ। त्यसरी नै हाम्रो भूराजनीतिक परिस्थिति पनि अत्यन्तै पेचिलो बन्दै गएको छ,” उनले भने।
अध्यक्ष लिङ्देनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यस विपरीतका काम प्रधानमन्त्री दाहालबाट भएको भन्दै आपत्ति जनाए।
“दक्षिण र पश्चिमको विशेष सम्बन्ध सबैलाई सन्तुलनमा राखेर, सबैसँग बराबरीको सम्बन्ध राखेर, सबैलाई आश्वस्त बनाएर देशलाई अगाडि लैजानुपर्नेमा, देशलाई सबै हिसाबले परनिर्भर बनाउने र कसेको आडमा सत्तामा टिकिरहने जुन संस्कृतिको विकास भएको छ,” उनले भने।
अध्यक्ष लिङ्देनले नेपाली सेनाको संख्या कटौती गर्न नहुने पार्टीको अडान पनि राखे। मुलुकको राष्ट्रिय एकता कमजोर भइरहेका बेला नेपाली सेनाको संख्या कटौती गर्नुपर्छ भन्ने प्रस्ताव आउनु राम्रो नभएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
