चार दलसम्मिलित समाजवादी मोर्चाले मोर्चाका सन्देश जनतासमक्ष पुर्याउन सातै प्रदेश राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।
काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठकले मोर्चाको नीति तथा आचारसंहिता बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ। शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अलोकनगरमा बसेको मोर्चाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि निर्णय सुनाउँदै नेकपा समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले चार सदस्यीय कार्यदलले मोर्चाको नीति, आचारसंहिता लगायतका कार्यक्रमहरू तय गर्ने बताए। उनका अनुसार मोर्चामा एकीकृत समाजवादीका उपाध्याय रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, समाजवादी दलका राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन्। “त्यो कार्यदलले समाजवादी मोर्चाको आचारसंहिता, नीति र भावी कार्यक्रमहरू तय गरेर ल्याउने छ,” उनले भने।
उनका अनुसार शनिबार सम्पन्न बैठक समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको थियो। मोर्चाको औपचारिक नेतृत्व टुंगो नलगादासम्म नेपालले नै बैठक अध्यक्षता गर्ने निर्णय भएको पनि उनले सुनाए। “सामान्यतया यो मोर्चाको नेतृत्व ६/६ महिनामा परिवर्तन गर्ने कुरा छ। आउँदो बैठकले टुंगो लगाउने छ। नेतृत्वबारे लगभग टंगो छ, तर पनि टंगो नलाग्दासम्म माधव नेपालले नै अध्यक्षता गर्नुहुने छ,” उनले भने।
उनले बैठकमा समाजवादी मोर्चाको उद्देश्य, यसबाट प्राप्त हुने उपलब्धि र लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा गम्भीर छलफल भएको बताए। उनले मोर्चाका सन्देश जनतासमक्ष पुर्याउनका लागि सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने तयारी गरिएको पनि बताए।
“समाजवादी मोर्चाको उद्देश्य, मोर्चा गठनबाट पाउने प्राप्त हुने कुरा र अहिले लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा छलफल भयो। छलफलपछि विशेष गरी यसका सन्देशहरू दिनका लागि हामीले सातै वटा प्रदेशका राजधानीमा केही दिनभित्र कार्यक्रमहरू गर्छौं,” उनले भने। उनका अनुसार मोर्चाले आगामी असार २७ गते बैठक बसेर सात प्रदेशमा गर्न लागिएका कार्यक्रमको मिति तय गर्ने र मोर्चाको संयोजक तोकिने छ।
बैठकमा मोर्चामा आबद्ध एकीकृत समाजवादीका अध्यक्ष नेपाल, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लवलगायतका नेताहरू सहभागी भएका थिए। असार ४ गते मोर्चा घोषणा गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
