कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको एमाले महासचिव शंकर पोखरेलको तर्क छ।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन्। नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क गरेका हुन्।
बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागी परेको दोहोर्याए। मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनावलगत्तै पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरेको स्पष्ट पारे।
“अहिले हाम्रा लागि सत्ता प्रधान होइन। हाम्रा लागि राष्ट्रको भविष्य प्रधान हो,” उनले भने, “कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन। बलियो राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताको आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौँ।”
महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरूले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गराउन चाहेको तर्क गरे। उनले जनादेश विपरीत कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पुर्याउने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरू क्रियाशील रहेको बताए।
महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अव एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताए। उनले नीति, सिद्धान्त र संगठनबिनाका नयाँ राजनीतिक शक्तिहरूले मुलुकको नेतृत्व लिन नसक्ने जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
