जेठ महिनामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले १ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएको राष्ट्र बैंकले जनाएको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.७ प्रतिशतले बढी हो।
जेठ महिनामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले १ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएको राष्ट्र बैंकले जनाएको छ। वैशाखमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दै गएको हो।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले बढेर ४ लाख ५९ हजार ४१५ पुगेको छ। रेमिट्यान्स बढेसँगै शोधनान्तर स्थिति (मुलुकबाट बाहिरिने रकमको तुलनामा मुलुक भित्रिने रकम) पनि निरन्तर उकालो लागेको छ।
साउनदेखि जेठ मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा देखिएको छ। गत आर्थिक वर्षको जेठसम्म पोहोर शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो।
गत आर्थिक वर्षको शुरूदेखि नै घाटामा देखिएको शोधनान्तर स्थिति वर्षको असोजदेखि भने सुधार देखिन थालेको हो। केही वस्तुको आयातमा प्रतिबन्ध लगाउनेदेखि अनिवार्य नगद मार्जिन व्यवस्थाका कारण शोधनान्तर बचतमा देखिन थालेको हो।
पछिल्ला महिनामा विदेशी मुद्राको सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ। गत साउनदेखि जेठसम्म मात्र विदेशी विनिमय सञ्चिति २ खर्ब ६५ अर्ब ७ करोडले बढेको छ। जेठ महिनामा मात्र सञ्चिति १० अर्ब ५४ करोड रुपैयाँले बढेर १४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु र ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।
११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ प्रतिशतले कम हो। निर्यातमा पनि २२.७ प्रतिशतले कमी आएर एक खर्ब ४३ अर्ब रुपैयाँमा सीमित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
