टर्कीमा २२ विदेशी नागरिक पक्राउ, आईएससँग सम्बन्ध रहेको आशंका

प्रहरीले आईएससँग सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन  गरेको थियो। 

फाइल तस्वीर

टर्कीले इस्लामिक स्टेट (आईएस)सँग सम्बन्ध रहेको आशंकामा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

आतंकवादविरोधी अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको समाचार समिति अनादोलुले जनाएको छ। 

प्रहरीले आईएससँग सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन  गरेको थियो। अनादोलुले सुरक्षा स्रोतलाई उद्धृत गर्दै बाँकी संदिग्धको खोजी जारी रहने बताएको छ। 

सन् २०१३ मा टर्कीले आईएसलाई आतंकवादी समूह घोषणा गरेको हो। त्यसयता देशका धेरै शहरमा सुरक्षा बलले खोजी अभियान सञ्चालन गर्दै आएको छ।

साथै, उक्त आईएसका संदिग्ध सदस्यलाई नियमित रूपमा गिरफ्तार गरी र हिरासतमा राख्दै आएको छ।