अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारहरूलाई बुधबारदेखि कोषमा आबद्ध गर्ने कार्यक्रमको शुभारम्भ गर्ने योजना थियो। तर प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण उक्त कार्यक्रम स्थगित भएको छ।
काठमाडौँ– सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारहरूलाई पनि आबद्ध गराउने भएको छ।
बुधबारदेखि नै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा दायरा विस्तार गर्नेगरी शुभारम्भ गर्ने कार्यक्रम थियो। तर प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण स्थगित भएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारलाई आबद्ध गर्न ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९’ सरकारले स्वीकृत गरिसकेको ज्ञवालीले बताए। कोषले शुरूआती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने तथा निर्माण क्षेत्र र यातायात क्षेत्रका श्रमिकलाई आबद्ध गराउने योजना बनाएको छ।
सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्न सक्ने व्यवस्था गरेको ज्ञवालीले बताए। उनले उक्त व्यवस्था अन्तर्गत श्रमिकहरूलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रीत परिवार, सुरक्षा योजनालगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको पनि उनले बताए।
कार्यकारी निर्देशक ज्ञवालीका अनुसार कोषले पालिकाहरूसँग सम्झौता गर्ने र त्यस ठाउँबाट विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक श्रमिकहरू र स्वरोजगारमा रहेकाको व्यवस्थापन पालिकास्तरबाटै गर्ने योजना रहेको बताए। कोषमा अहिलेसम्म ६ लाख २५ हजारभन्दा बढी योगदानकर्ता आबद्ध भइसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
