भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छन्।
काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीलाई कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।
बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया जारी रहेको बताएकी हुन्। “ठगी गर्ने सहकारीलाई प्रचलित कानूनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ,” उनले भनिन्।
उनले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको बताइन्। उनले १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको जानकारी दिइन्।
“मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको छ,” उनले भनिन्।
उनले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण गरिसक्ने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
