कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र नेताहरूको आलोचना केन्द्रीय समितिमा मात्र गर्न चुनौती दिएका छन्।
काठमाडौँ– अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र नेताहरूको आलोचना केन्द्रीय समितिमा मात्र गर्न चुनौती दिएका छन्।
शनिबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गरे। “हामीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको कुरा बहस गर्ने होइन, संयन्त्रमा छलफल गर्ने हो,” उनले भने।
पार्टी सभापति शेरबहादुर देउवाको कामकारबाहीप्रति पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक कार्यक्रममा असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
त्यस्तै, उनले पुरानाले केही गरेनन् भनेर नयाँ आएका पार्टी धेरै समय टिक्न नसक्ने टिप्पणी गरेका छन्। उनले दुःख–सुखमा साथ, १०औँ वर्ष जेल, प्रवासन, प्रहरीको लाठी डन्डा सहेर पुराना पार्टी निर्माण भएको बताए।
“जता–जता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ। अहिले नयाँ–नयाँ प्रवृत्तिहरू यिनीहरूले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन्,” उनले भने, “हामी दुःखमा, सुखमा १० औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर अप्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली कांग्रेस। यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला।”
मन्त्री महतले सरकार सुशासन, आर्थिक परिवर्तन, रूपान्तरणको पक्षमा रहेको बताए। उनले आर्थिक रूपान्तरण, विकासका लागि अप्ठ्यारो समयमा अप्ठ्यारो निर्णय पनि लिन सक्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
