नवीन चौहानले निर्देशन गर्ने चलचित्र ‘ऊनको स्विटर’मा अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ।
काठमाडौँ– नेपाली चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने भएको छ। आइतबार दिउँसो सुन्धरास्थित सिडिसी मलमा टाइटल गीत सार्वजनिक गर्दै आर्टमान्डूले फिल्म 'ऊनको स्वीटर' (द उलन स्वीटर) को घोषणा गरेको हो।
कथा भन्ने नयाँ शैली स्थापित गरेर म्युजिकल फिल्ममार्फत् लोकप्रियता हासिल गरेको आर्टमान्डूले फिल्मको घोषणामा शीर्ष कलाकार र टिम पनि सार्वजनिक गर्यो। फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ। ‘लालपूर्जा’पछि मिरुना र विपीनको यो दोस्रो सहकार्य हो।
फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्ने छन्। नवीनले आर्टमान्डूमार्फत ‘तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जनभन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेका छन्।
“म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ। घोषणा आज गर्न पाउँदा खुशी छु। ममाथि अभिभारा थपिएको छ। राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ,” निर्देशक चौहानले भने।
अभिनेता विपीनले यो फिल्म आफ्ना लागि विशेष हुने बताए। “नवीनजीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु। उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ। यो फिल्ममा धेरै कुरा समेटिएको छ। नयाँपनसँगै राम्रो हुनेमा विस्वस्थ छु,” उनले भने।
अभिनेत्री मिरुना आफू पहिल्यैदेखि आर्टमान्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन्। “उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेको छु। झन् सहकार्य गर्न पाउँदा खुशी छु,” मिरुनाले भनिन्।
फिल्म घोषणा गर्नुअघि गायक सुजन चापागाईंले टाइटल गीतको लाइभ प्रस्तुति दिएका थिए। फिल्ममा सुजन र गायिका झुमा लिम्बू संगीत निर्देशक छन्। “हाम्रो सपनाको शुरूआत तपाईंहरूलाई अगाडि राखेर गर्दैछौँ। हाम्रो गन्तब्यमा हजुरहरूको साथ सधैँ रहन्छ भन्नेमा आशा छ” उनले भने।
फिल्मका लागि टाइटल गीत हर्क साउदले लेखेका थिए। उनले गीत लेख्दाको अनुभव सुनाए, “हामीले गरेको हरेक काम तपाईंहरूले रुचाइदिनुभएको छ। ऊनको स्वीटरको टाइटल गीतको ५ लाइन लेख्न २० धार्नीको फलामको चिउरा कुटेर एउटा तरबार बनाएजस्तो गाह्रो भएको थियो।”
फिल्ममा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बू, अनिल सुब्बा लगायतका कलाकार फाइनल भएका छन्। बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ।
फिल्ममा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।
फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन्। ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्। फिल्म मंसिरको पहिलो साताबाट फ्लोरमा जानेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
