समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको मन्त्री ज्वालाको भनाइ छ।
काठमाडौँ– भौतिकमन्त्री प्रकाश ज्वालाले सत्ता गठबन्धन बलियो धरातलमा उभिएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन्।
आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले गठबन्धन ढालोस् भनेर धुपबत्ती गर्दैमा नढल्ने टिप्पणी गरे।
“गठबन्धन बलियो धरातलमा उभिएको छ। यो कसैले ढलोस् भनेर धुपबत्ती गर्दैमा ढल्दैन। किनभने यसको ग्राउन्ड छ,” उनले भने, “प्रतिगमनविरुद्ध एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्ति छन्। चुनावका बेलमा सँगै अघि बढेका शक्ति एक ठाउँमा छन्। यो ढलेर फाइदा पाइहाल्छौँ भन्नेहरूको आशा पूरा हुँदैन।”
मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेकोसमेत जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
