नेपालका लेग स्पिनर कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४० रन खर्चिए।
काठमाडाैँ– लेग स्पिनर कुशल भुर्तेलको कसिलो बलिङसँगै यूएई ‘ए’ले एसीसी इमर्जिङ कपमा नेपालसामू १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
श्रीलंकास्थित पाइकियासोथी सरवनमुत्तु स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो।
यूएईका ओपनर लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। उनले ८२ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
यस्तै, इथन डीसुजा १८, अश्वन्त वल्थापा १६, आर्यन शर्मा १४ र जश जियानी १३ रनमा आउट भए। यूएईका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका लेग स्पिनर कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४० रन खर्चिए।
श्याम ढकालले २ तथा कुशल मल्ल र प्रतीश जीशीले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
