यूएस फोर्सेस कोरियाले घटनाको अनुसन्धान गरिरहेको छ। सिमाना पार गरेपछि ती सैनिकसँग कुनै सम्पर्क नभएको बताइएको छ।
अनुमतिबिना दक्षिण कोरियाबाट सीमा पार गरेको आरोपमा उत्तर कोरियाले एक अमेरिकी सैनिकलाई नियन्त्रणमा लिएको छ।
संयुक्त राज्य अमेरिका फर्काइँदै गरेका सैनिक ट्राभिस किङ आफूलाई ‘एस्कर्ट’ गरिरहेका व्यक्तिलाई झुक्याउँदै इन्चियन विमानस्थलबाट भागेर उत्तर कोरिया प्रवेश गरेका थिए। दक्षिण कोरियामा अनुशासनको कारबाही भोगिरहेका उनी त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका हुन्।
विभिन्न व्यक्तिमाथि आक्रमणको आरोप लागेपछि दक्षिण कोरियामा उनलाई थुनिएको थियो। उनलाई एक हप्ताअगाडि दक्षिण कोरियाको सैनिक शिविर ‘क्याम्प हम्फ्रेज’बाट आउट–प्रोसेसिङका लागि रिहा गरिएको थियो।
त्यसपछि उनी दक्षिण कोरिया र उत्तर कोरियाको सीमामा भ्रमण गरिरहेको टुर ग्रुपमा सामेल भएका थिए। उनी त्यहाँबाट उत्तरतर्फ दौडिँदै भागेको बीबीसीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार शुरूमा उनीहरूले किङले ठट्टा गरिरहेको जस्तो सोचेका थिए। “तर, जब उनी फर्किएनन्, उनीहरूले यो कुनै ठट्टा नभएको महसुस गरेका थिए,” प्रत्यक्षदर्शीले भने।
हाल यूएस फोर्सेस कोरियाले घटनाको अनुसन्धान गरिरहेको छ। सिमाना पार गरेपछि ती सैनिकसँग कुनै सम्पर्क नभएको बताइएको छ।
उक्त क्षेत्रमा अनाधिक्रित ‘क्रसिङ’ भएको यो पहिलो घटना भने होइन। सन् २०१७ मा एक उत्तर कोरियाली सैनिक २४ वर्षिय ओह चोङ सोङ आफ्नै साथीबाट बच्दै दक्षिणतिर भागेका थिए, जहाँ दक्षिण कोरियाली सैनिकले उनको उद्दार गरेका थिए।
यसैगरी सन् १९८४ मा रुसी विद्यार्थी भासिली याकोभलेभिच उत्तरको मातुजोकबाट दक्षिणतर्फ आएका थिए। सन् १९६७ मा उत्तर कोरियाली पत्रकार ली सु केयुनको सीमा पार गरेर दक्षिण आएका थिए।
अर्का अमेरिकी सैनिक जेम्स जोसेफ ड्रेसनोक सन् १९६२ मा उत्तर कोरियाको सीमावर्ती गाउँतर्फ भागेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
